दफा ३५
बोर्डको गठन
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले परियोजना सञ्चालन गर्दा यस ऐन बमोजिम लिन पाउने शुल्क पुनरावलोकन गर्नको लागि नेपाल सरकारले अनुमतिपत्र प्राप्त व्यक्ति र उपभोक्ता समेतको प्रतिनिधित्व रहने गरी तोकिए बमोजिमको एक पूर्वाधार संरचना सेवा शुल्क पुनरावलोकन बोर्ड गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने बोर्डका सदस्यहरुको योग्यता, नियुक्ति, निजले पाउने सुविधा तथा बोर्डको कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम बोर्डले शुल्क पुनरावलोकन गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिले परियोजना कार्यान्वयनको लागि गरेको वास्तविक खर्च र सो बापत प्राप्त गर्न सक्ने मनासिव माफिकको प्रतिफलको आधारमा तोकिए बमोजिम गर्नेछ ।
(४) उपदफा (३) बमोजिम बोर्डले पुनरावलोकन गरेको शुल्कको दर नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।